Skip to content

भूमि मन्त्रालयद्वारा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सरकारले  समस्याग्रस्त घोषणा भएको छ । मंगलबार उक्त संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले श्री लालिगुँरास सहकारीलाई  समस्याग्रस्त घोषणा गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्री लालिगुँरास बहुउद्देश्यीय सहकारीलाई सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न केही दिनअघि सिफारिस गरेको थियो । यससँगै समस्याग्रस्त सहकारीको संख्या १७ पुगेको छ ।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त संस्थाले यसअघि भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी र मोरङको तुलसी बहुमुखी सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ तथा ललितपुरको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेपछि  समस्याग्रस्त सहकारी संस्थाको संख्या १७ वटा पुगेको छ ।

यसअघि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको  संस्थामा स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ,  कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ प्रभु बचत तथा ऋण सहकारी संस्था, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ,  छन् ।

यसैगरी कन्जुमर बचत तथा ऋण सरकारी संस्था र कुवेर बचत तथा ऋण सरकारी संस्था, भेगास बचत तथा ऋण सरकारी संस्था, चार्टर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, स्टाण्डर्ड मल्टिपर्पोज  को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था र ओरेण्टल को–अपरेटिभ समस्याग्रस्त सहकारी घोषणा भइसकेका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal