Skip to content

एनआईसी एशियाले निक्षेपको ब्याजदर बढायो, नबिलले घटायो

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । 

चैत महिनाको लागि बैंकहरुले निक्षेपमा दिने ब्याजदर घटाएका हुन् । बचत तथा मुद्दति निक्षेपको ब्याजदर फागुनको तुलनामा चैत महिनामा बैंकहरुले घटाएका हुन् । 

ब्याजदरको सूचना प्रकाशित गरेका बैंकहरुका अनुसार एनआईसी एशियाले एकवर्षको मुद्दति निक्षेपको ब्याजदर ०.५४ प्रतिशत बिन्दुले बढाएको छ । ८ प्रतिशत फागुन महिनामा एकवर्षको मुद्दति निक्षेपमा ब्याजदर दिएकोमो चैतमा ८.५४ प्रतिशत दिएको छ । यस्तै ग्लोबल र प्रभुले ब्याजदरमा परिवर्तन गरेका छैनन् । 

नबिल बैंकले ब्याजदर घटाएको छ । यस्तै कृषि विकास बैंक,नेपाल बैंक,वाणिज्य बैंकको पनि ब्याजदर घटेको छ । हिमालयन,सिद्धार्थ,एभरेष्ट बैंकले पनि फागुनको तुलनामा ब्याजदर घटाएका छन् । बैंकहरुले एकवर्षको मुद्दति निक्षेपमा ६ देखि साढे ८ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal