Skip to content

सेञ्चुरीका पूर्व सीईओ सहित बैंकर थुनामुक्त

काठमाडौं । ऋण अपचलनको विषयमा पक्राउ गरेका तत्कालिन सेञ्चुरी बैंकका २ जना पूर्व सीईओ सहित बैंकर थुनामुक्त भएका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीबीआई)ले सेञ्चुरीका पूर्व सीईओ तुलसी गौतम र मनोज न्यौपाने सहित बैंकरलाई पक्राउ गरेको थियो । 

फागुन १५ गते सीबीआईले बैंकरलाई पक्राउ गरेको थियो । 

सीआईबीले थुनामा रहेका बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा हाजिरी जमानीमा आजैबाट थुनामुक्त गरेको हो । 

प्रारम्भिक अनुसन्धान पछि हाजिरि जमानीमा सीबीआईले पक्राउ गरेका बैंकरलाई छाडेको हो । सेञ्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal