Skip to content

रुसी सेनामा गएका ७ जना नेपाली नागरिकको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती हुन गएका ७ जना नेपालीको मृत्यु भएको छ । 

परराष्ट्र मन्त्रालयले ७ जना मृतकको परिचय सार्वजनिक गरेको छ । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ,जाजरकोटका नवीन शाही,उदयपुरका पदमबहादुर घिमिरे,झापाका गंगाराम अधिकारी,बागलुङका जितबहादुर विक,बाँकेका सञ्चय केसी,रसुवाका सुन्दर मोक्तान रहेका छन् । 

परराष्ट्र मन्त्रालयले परम्परागत रुपमा रहेको सम्झौता बाहेक अन्य देशमा सेनामा नजान समेत अनुरोध गरेका छन् । 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसी सेनामा जाने नेपालीको संख्या बढेको छ । आधिकारिक रुपमा भने कति नेपाली रुसी सेनामा पुगे भन्ने जानकारी छैन । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal