Skip to content

गुल्मीमा एक हजार पाँच सयलाई निस्सा वितरण

गुल्मी । गुल्मीमा एक हजार पाँच सय बढी परिवारलाई निस्सा वितरण गरिएको छ । जग्गाधनी पुर्जाका लागि आवेदन दिएकामध्ये ११ पालिकाका एक हजार छ सय ३० परिवारलाई निस्सा वितरण गरिएको हो ।

मुसिकोट नगरपालिकाका दुई सय ८०, कालीगण्डकी गाउँपालिकाका ३८, सत्यवतीका ६३, चन्द्रकोटका ७६ परिवारलाई निस्सा वितरण गरिएको छ । रुरु क्षेत्रका दुई सय ३०, छत्रकोटका एक सय ४३, गुल्मी दरबारका ३३, धुर्कोटका तीन सय ४८, इस्माका दुई सय २३, मालिकाका दुई सय ४४ र मदानेका ८३ परिवारलाई निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिएका छन् ।

आयोगले दिएको जानकारीअनुसार जिल्लाको रेसुङ्गा नगरपालिकामा निस्सा वितरणको काम भएको छैन । निस्सा वितरणका लागि सम्बन्धित पालिकाले विभिन्न निर्णय गर्नुपर्नेमा रेसुङ्गाले उक्त निर्णय नगरेका कारण निस्सा वितरण हुन नसकेको अध्यक्ष राममल्ल ठकुरीले बताए । निस्सा वितरणमा ढिलाइ हुँदा जग्गधनी पुर्जा वितरणमा समेत ढिलाइ हुने ठकुरीले बताए ।

आयोगले हालसम्म पत्रकार सम्मेलन, राजनीतिक दलहरूसँग सर्वदलीय बैठक, विभिन्न अभिमुखीकरणलगायतका कार्यक्रम सम्पन्न गरेको जनाएको छ । आयोगले रुरुक्षेत्र, मुसिकोट र चन्द्रकोट गाउँपालिकामा जग्गा नापजाँचको कार्यसमेत सम्पन्न गरेको छ । आयोगले विभिन्न मापदण्डका आधारमा सम्बन्धित लाभग्राहीलाई जग्गा प्रदान गर्नेछ । गुल्मीमा कुल दुई हजार पाँच सय ९९ लाभग्राही रहेका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal