Skip to content

हिमालयन बैंकको इटहरी शाखा-२ इनरुवामा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये इटहरी शाखा– २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका–१, सुनसरीबाट बैंकिङ सेवा विस्तार गरेको छ । 

बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनालीले गरेका थिए । उक्त समारोहमा इनरुवाका मेयर, उप–मेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरूको पनि उपस्थिति थियो ।

हाल बैंकले १ सय ७४ शाखा, २० विस्तारित काउन्टर, २ सय ६४ एटिएम, ६ हजार ५०० भन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal