Skip to content

कालिकोटको महावैमा नुनको डिपो स्थापना

कालिकोट । कालिकोटको महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालन गरेको छ । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन  गाउँमै नुन डिपोको स्थापना गरिएको हो ।

महावैका नागरिकका लागि नुन डिपो स्थापना गरी पालिकाको विर्तामोडबाट वितरण गरिने महावैका अध्यक्षखेमबहादुर सिंहले बताए । ‘एक प्याकेट नुन लिनका लागि सदरमुकाम मान्म धाउनु परिरहेको छ । यसका लागि स्थानीयले  एक हजारदेखि  दुई हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता छ’, उनले भने । अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष सिंहको भनाइ छ । 

उनले भने, ‘आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको हो ।’ हिमचुली कृषि सहकारी संस्थाको साझेदारी र गाउँपालिकाको समन्वयमा डिपो स्थापना गरी सेवा प्रवाह भइरहेको छ । नुन खरिद गर्न आउनुभएका स्थानीय राजबहादुर सिंहले एक दिन लगाएर नुनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेकामा खुसी व्यक्त गरे। 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal