Skip to content

कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक

मकवानपुर । काठमाडौंबाट हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको  भट्टेडाँडास्थित सडक मर्मतसम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त सडक निर्माणका क्रममा चैत १ गतेदेखि विसं २०८१ वैशाख १५ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको सडक विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई जानकारी गराएको जिप्रका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

उनका अनुसार, काठमाडौं कान्ति लोकपथ हुँदै आउने सवारीसाधनलाई काठमाडौंको थानकोट–मकवानपुरको चित्लाङ हुँदै हेटौँडातर्फ आवतजावत गर्न अनुमति प्रदान गरिएको उल्लेख गरे । उक्त सडकमा हल्का सवारीसाधन दैनिक दुई हजारभन्दा बढी आवतजावत गर्ने गरेको भीमफेदी इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal