Skip to content

८ महिनामा २७ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य अनुसार नउठ्ने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ८ महिनामा करिब २७ प्रतिशत विकास खर्च गरेको छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले फागुन मसान्तसम्ममा ८१ अर्ब रुपैयाँ विकास खर्च गरेको हो । चालु आर्थिक वर्षको बजेटमा ३ खर्ब २ अर्ब रुपैयाँ विकास खर्च हुने अनुमान राखिएको थियो । 

यस्तै राजस्व तर्फ ६ खर्ब ३९ अर्ब रुपैयाँ उठेको छ । जसमा कर राजस्व ५ खर्ब ७८ अर्ब तथा गैरकर राजस्व ६० अर्ब रुपैयाँ उठेको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal