Skip to content

आयोगले बुझायो गृहमन्त्रीलाई सुन तस्करी प्रकरणको ४८५ पृष्ठ लामो प्रतिवेदन

 

काठमाडौं । आयोग गठन भएको पाँच महिनापछि बिहीबार सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाइएको हो ।

उक्त आयोगका अध्यक्ष डिल्लीराज आचार्य नेतृत्वको टोलीले ४८५ पृष्ठ लामो प्रतिवेदन बुझाएको आयोगका अध्यक्ष आचार्यले जानकारी दिए ।

हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुनबारे आयोगले छानबिन गरेको थियो । आयोगका पदाधिकारीले ६० जनाभन्दा बढीसँग सोधपुछ गरेका थिए ।  सरकारले गत असोज १४ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगका सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी छन् । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal