Skip to content

कालिका लघुवित्तद्वारा ८६ जना कर्मचारी माग

काठमाडौं । बिहीबार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदको लागि ८६ जना कर्मचारी माग गरेको छ । उक्त कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी वरिष्ठ सहायक १३ जना, सहायक २३ जना र कनिष्ठ सहायकमा ५० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि स्नातक तहदेखि एसएलसी वा एसईई उर्त्तीण गरेको नेपाली नागरिकलाई मान्यता दिने सूचनामा उल्लेख गरेको छ ।  योग्यता पुगेको व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी चैत १५ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal