Skip to content

कृषि विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

 

काठमाडौं । कृषि विकास बैंकको १७ औं वार्षिक साधरणसभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोर्ड भक्तपुरमा बुधबार सम्पन्न धएको हो ।

उक्त बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समिति र लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको पौडेलले बताए ।

यस्तै, बैंकको सहायक कम्पनीहरू कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

साधारणसभामा सञ्चालक समितिका सदस्य महेश आचार्य, डा .राजेन्द्र प्रसाद मिश्र, गोविन्दप्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई र रीता सुवेदीको उपस्थिती थियो भने साधरण सभा सञ्चालन कम्पनी सचिव समते रहेका प्रवक्ता पौडेलले गरेका थिए ।

उक्त बैंकले २ सय ८२ वटा शाखामार्फत देशैभर आधुनिक बैकिङ सेवा पुर्याइरहेको छ । वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी कृषि विकास बैंकले गरेको बैंकको दाबी छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal