Skip to content

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला  ८  सय रुपैयाँ बढेर प्रतितोला १ लाख २५ हजार ८  सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजाररुपैयाँ  थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४  सय रुपैयाँ थियो । चाँदीको पनि प्रतितोला ५० रुपैयाँ ले वृद्धि भई प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal