Skip to content

प्रधानमन्त्रीले बोलाए सुन तस्करी प्रकरणमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक

काठमाडौं । सुन तस्करी सम्बन्धमा प्राप्त प्रतिवेदनको कार्यन्वयन गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री दाहालले आज शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रममन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो। यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएका प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो। माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछको लागि बोलाएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi