Skip to content

रौतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

काठमाडौं । मनी ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शुक्रबार दिउँसो करिब १ बजे शिव मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गरिएको हो । 

२६ वर्षीय नितेशकुमार यादवमाथि गोली चलाइएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले गोली चलाउने तीन जनालाई नियन्त्रणमा लिइसकेको छ । उनीहरूसँग पेस्तोल समेत बरामद गरिएको छ ।  मोतिहारी बिहार घर भएका मुनिष यादव, राजाकुमार पास्वान र चन्द्रभान सिंह पक्राउ परेका हुन्।

प्रहरीका अनुसार लुटपाटकालागि उक्त समूहले गोली चलाएको खुलेको छ । यद्धपी यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घाइते भएका यादवलाई भने उपचारका लागि वीरगञ्ज पुर्याइएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal