Skip to content

वित्तीय पहुँच र समावेशीता नहुँदा मिटरब्याजको समस्याः सांसद रिजाल

nabil bank

Hyundai

काठमाडौं । राष्ट्रियसभाका सदस्य घनस्याम रिजालले वित्तीय पहुँच र समावेशीता नहुँदा मिटरब्याजको समस्या बढेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा ‘बजेटको सिद्वान्त र प्राथमिकता’माथिको छलफलमा भाग लिँदै उनले आगामी बजेटले वित्तीय पहुँच र समावेशी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् । 

‘७५३ वटै पालिकामा वाणिज्य बैंक पुगेका छन्, विकास बैंक र फाईनान्स देशभर छन्, लघुवित्त र सहकारी छन् तर पनि जनता किन मिटरब्याजको पासोमा पर्न बाध्य छन् ?’ उनले भने,  ‘आगामी बजेटले वित्तीय क्षेत्रको पहुँच वृद्धि, समानता एवम् समावेशीकरणले प्राथमिकतामा राख्नुपर्छ ।’ 

बजेटमा जनप्रतिनिधिको सुझाव समेटिने विश्वास 

सांसद रिजालले अघिल्ला वर्षहरूमा बजेटको १५ दिनअघि मात्रै संसदमा प्रि बजेट छलफल गरिने गरेको बताए । ‘विगतमा बजेट निर्माण नै लगभग सकिइसकेपछि हुने छलफलको हुन्थ्यो, कुनै औचित्य नहुने भए पनि थिएन विधि प्रक्रियाका लागि गरिन्थ्यो’ उनले भने,  ‘यश वर्षबाट कानुन नै संसोधन गरेर बजेटको तीन महिना अघिनै संसदमा प्रि बजेट छलफल सुरु भएको छ, यो सुखद पक्ष हो । आशा छ हामी जनप्रतिनिधिले दिएका सुझावहरू आगामी बजेटमा चाहिँ समेटिएको हुने छ ।’ 

कृषिको उत्पादन वृद्धिसँगै आयात निरूत्साहित 

 सांसद रिजालले हाम्रो अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या  उत्पादन बढाउन नसक्नु भएको बताए ।‘बजेटको दोस्रो प्राथमिकतामा कृषिलाई राखिने भनिएको छ, यो ठीक छ’ उनले भने,  ‘तर, अब हामीले कृषि वस्तु उत्पादनमा प्रोत्साहन दिने मात्रै होइन निश्चित समयावधिसम्म कृषि वस्तुको आयातलाई निरुत्साहित गर्ने नीति लिनुपर्छ ।’ 

दशरथ रंगशालाको विकल्प खै ? 

सांसद रिजालले  नेपालले रंगशालाको स्तर मापदण्ड नपुगेकाले आगामी फिफा विश्वकप छनौंटको खेल आफ्नो होम ग्राउण्डमा खेल्न नपाएको भन्दै त्यसबाट नेपालको गरिमामै आच आएको बताए । ूबहराइनसँग हुने होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्नु पर्ने भएको छ, यसको मूल कारण भनेको हामीसँग दशरथ रंगशालाको विकल्प नहुनु हो । यसले अन्तर्राष्ट्रियस्तर जगतमा नेपालको बेइजती गरेको छ भने अर्कातर्फ खेलाडीको मनोबल खस्काएको छ’ उनले भने, ‘खेलकुद विकास र खेल पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय रंगशाला निर्माण पनि हाम्रो प्राथमिकतामा पर्नै पर्छ ।’ 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance