Skip to content

सिटिजन्स बैंकको ५६ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयरधनी तुलसीप्रसाद पोखरेलको नाममा रहेको ५६ हजार ५ सय ८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त बैंकले प्रतिसेयरको न्यूनतम मूल्य १ सय ५ तोकिएको छ । संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभएको कारणले गर्दा सर्वसाधारणका लागि कम्पनीले सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्रमा बैंकको केन्द्रीय कार्यलय नारायणहिटी पथमा निवेदन पेस गर्नुपर्ने छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal