Skip to content

सुन तस्करी आरोपमा पूर्वसभामुख महरासहित उच्चपदस्थलाई मुद्दा चलाउन सिफारिस

काठमाडौं । सुन तस्करीको छानबिन गर्न गठित आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वआईजीपी सवेन्द्र खनालसहितका उच्चपदस्थलाई कारबाही सिफारिस गरेको छ । 

सुन तस्करीसम्बन्धी पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।  

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही सिफारिस भएको छ ।  छानबिनका क्रममा गम्भीर त्रुटि गरेको र प्रमाण लुकाउने र भीआईपीहरूलाई बचाउन सहयोगी भूमिका निर्वाह गरेको निश्कर्ष निकाल्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो । 

राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई पनि आयोगले कारबाही सिफारिस गरेको छ । सुन प्रकरण आएका बेला अधिकारी अध्यागमन विभागको महानिर्देशकका रूपमा कार्यरत थिए । तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँगको सम्बन्धका आधारमा अधिकारीलाई कारबाही सिफारिस भएको हो । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिन जारी रहेकै बखत सरकारले अधिकारीसहित संलग्नलाई बचाएको आरोप लगाएका थिए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal