Skip to content

सुनको मूल्य ४ सय रुपैयाँले घट्यो, कतिमा हुँदै कारोबार ?

काठमाडौं । शुक्रबार  नेपाली बजारमा सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ भने चाँदी मूल्य स्थिर अवस्थामा छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८ सय रुपैयाँ खरिद बिक्री भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै शुक्रबार चाँदीको भाउ स्थिर भएको छ। आज चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal