Skip to content

बैतडीको मेलौलीमा कपडा बैंक सञ्चालन

बैतडी । जिल्लाको तल्लोस्वराडस्थित मेलौलीमा कपडा बैंकको शाखा सञ्चालनमा आएको छ । बैतडीको शाहिलेकमा सञ्चालित कपडा बैंकले मेलौलीमा शाखा सञ्चालन गरेको बैंकका संयोजक महेश दत्त भट्टले बताए । संयोजक भट्टको अध्यक्षतामा आज शाखाको उद्घाटन गरिएको छ । 

उद्घाट्न कार्यक्रममा मणिलेक नमुना माविका प्रधानाध्यापक देवदत्त कलौनी, मेलौली–३ का वडाध्यक्ष गगनसिंह भाट, मेलौली–९ का वडाध्यक्ष लोकराज भट्टलगायतको उपस्थिति थियो ।

‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर सहयोग गरौँ’ भन्ने अभियानका साथ आजदेखि कपडा बैंकको शाखा सञ्चालनमा आएको संयोजक भट्टले बताए । उनका अनुसार आज पहिलो दिन नै पाँच जनालाई कपडा वितरण गरिएको छ । कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने जनाइएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal