Skip to content

दैजी छेला औद्योगिक क्षेत्र उच्च प्राथमिकतामा छः मन्त्री भण्डारी

महेन्द्रनगर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका  छन् । 

यहाँ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समापन समारोहमा  मन्त्री भण्डारीले दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र निर्माणमा आफू लागिपर्ने बताए ।  महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने सरकारको योजना छ ।’ उनले भने, ‘कञ्चनपुरलाई आद्यौगिक केन्द्रका रुपमा विकास गर्न म दत्तचित्त भएर लाग्नेछु ।’

सुदूरपश्चिमको विकासका संवाहक जडीबुटी र खानीजन्य उद्योग प्रवद्र्धनमा  उद्योग मन्त्रालयका तर्फबाट भरमग्दुर प्रयत्न हुने तथा उच्चस्तरीय अध्ययन टोली  परिचालन गरिने उनले बताए । 

मुलुकमा लगानीमैत्री वातावरण बनाउन हरसम्भव प्रयास भइरहेको बताउँदै उनले सरकार लगानी सम्मेलनको तयारीमा लागेको जानकारी दिए । ‘निजी क्षेत्रसित निकट रहेर सरकार अघि बढ्न चाहन्छ ।’ उनले भने, ‘त्यसका लागि थुप्रै ऐन/कानुन संशोधन गर्नुपर्नेछ, लगानीमैत्री वातावरण बनाउन  बाधक ऐनकानुन संशोधन गरिने छन् ।’

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal