Skip to content

अमेरिकी डलर र यूरो घट्दा अष्ट्रेलियन डलर बढ्यो, कति छ आज अन्य विदेशी मुद्राको बिनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

 बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा छ भने बिक्रीदर १७० रुपैयाँ १२ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ३० पैसा र बिक्रीदर १५१ रुपैयाँ ०७ पैसा छ ।

            अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ १७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६२ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा कायम छ ।

             जापानी येन १० को खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा कायम छ ।

              त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३ रुपैयाँ ७३ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३४ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ९७ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९० पैसा र बिक्रीदर १६ रुपैयाँ ९८ पैसा कायम छ । कुवेती दिनारको एकको खरिददर ४३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४३  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४२ पैसा कायम छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal