Skip to content

अर्थमन्त्री र डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष नेतृत्वको टोलीबीच भेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनसँग विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन ‘डेभपलमेण्ट बैंकर्स एसोसिएसन’ नेपालले भेटघाट गरेको छ । अर्थमन्त्रीलाई भेटेर बधाई दिँदै एसोसिएसनले अर्थतन्त्रमा विकास बैंकहरुले पुर्‍याएको योगदान सम्झाएको हो ।

अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा गएको टोलीले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पुर्‍याएको योगदानको बारेमा जानकारी गराएको बताइएको छ । भेटघाटका क्रममा अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गीण विकासका लागि विकास बैंकहरुले पुर्‍याएको योगदानको प्रशंसा गरे । यस्तै, कुनै पनि खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्ण रुपमा सहयोग गर्नेसमेत बताए ।

सो भेटघाटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरूका बारेमा समेत छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले बताए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal