Skip to content

आगलागीबाट ३० लाखको क्षति

सप्तरी । सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ  । 

 आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका  कपडासहित  ३० लाख रुपैयाँ बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले राससलाई जानकारी दिए । आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । 

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal