Skip to content

नेपाल चेम्बर अफ कमर्स मकाउद्वारा आरोग्य आश्रम र विद्यालयलाई सहयोग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स मकाउले आरोग्य आश्रम र खोकना जन माध्यमिक विद्यालयलाई करिब ४ लाख रुपैयाँ बराबरको सामग्री वितरण गरेको छ।

चेम्वरले दक्षिणकाली नगरपालिका–२ स्थित तौथलीको खोकना आरोग्य आश्रमका कुष्ठरोगी प्रभावितहरू, खोकनास्थित जन माध्यमिक विद्यालय तथा दक्षिणकाली नगरपालिका–४ बाँसवारीस्थित बालसुधार आधारभूत विद्यालयलाई करिब ४ लाख रुपैयाँ बराबरको सहयोग सामग्री एक समारोहबिच वितरण गरेको हो ।

दक्षिणकाली –२ स्थित तौथलीको खोकना आरोग्य आश्रमलाई दैनिक उपभोग्य सामग्री वितरण गरियो भने तौथलीस्थित खोकना जन माध्यमिक विद्यालय र बाँसवारीस्थित बालसुधार आधारभूत विद्यालयका विद्यार्थीहरूले दैनिक प्रयोग गर्ने तीन सय थान स्कुल ब्याग प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं सांसद राजेन्द्र कुमार केसीसहित बागमती प्रदेश सांसद तथा निवर्तमान प्रदेश मन्त्री पुकार महर्जन, दक्षिणकाली नगर प्रमुख मोहन बस्नेत र उपप्रमुख बसन्ती तामाङको उपस्थिति थियो ।

सो कार्यक्रममा मकाउ संघका अध्यक्ष सुदर्शन थापा मगरले सो सहयोग सामग्री उपलब्ध गराएका थिए । यसैगरी, मकाउमा रहेको नेपाल चेम्बर अफ कमर्सले ४ फेब्रअरी २०२४ मा च्यारिटी शो कार्यक्रम “नेपाली कल्चरल नाइट इन मकाउ“ आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हङकङ र मकाउका लागि नेपाली महावाणिज्य दूतावासका काउन्सुलेट जनरल उदय बहादुर राना मगरसहित मकाउ र हङ्कङगसँग आबद्ध संघका संस्थाका प्रतिनिधिहरू उपस्थिति थियो ।

च्यारिटी शो नेपाली सांस्कृतिक साँझ, रोमान्चक बनाउनको लागि नेपालदेखि कलाकारहरू रेश्मा पुन मगर, बिन्दु परियार र जोगिन्दर पानवाला ९शिवशंकर प्रसाद रिजाल०ले प्रस्तुति दिएका थिए। स्थानीय कलाकारहरू सुमित भुषाल, संगीता खनाल, सुमन रेग्मी र सुमित्रा थापा मगरले पनि प्रस्तुति दिएका थिए ।

संगीत तथा नृत्यप्रमेमीहरूको उल्लेखनीय उपस्थित रहेको हुँदा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । सो कार्यक्रमबाट अशक्त, अनाथ, बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग समेत सहयोग प्राप्त हुने जनाइको छ ।

कार्यक्रममा मकाउका स्थानीय, मकाउमा बस्दै आएका नेपालीहरू, हङ्कङका केही नेपालीहरूले सहयोग गरेको अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal