Skip to content

एनआइसी एसिया बैंकद्वारा २ कम्पनीको संस्थापक सेयर बिक्री खुला

काठमाडौं । एनआइसी  एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको २ कम्पनीको संस्थापक सेयर आज आइतबारदेखि बिक्री खुला गरेको छ । सो कम्पनीले आज एक सूचना प्रकासन गर्दै  सिटिजन इन्भेष्मेन्ट ट्रष्ट र सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री खुला गरेको हो ।

सो बैंकले सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता सेयर लिलामीमा ल्याएको छ । उक्त सेयरको न्यूनतम लिलामी मूल्य २ सय ४५ रुपैयाँ रहेको छ ।

बैंकले सिटिजन इन्भेष्मेन्ट ट्रष्टको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको हो । सो सेयरको न्यूनतम मूल्य ७ सय ५३ रुपैयाँ रहेको छ । दुवै कम्पनीको सेयर खरिद बिक्रीको लागि  आवश्यक कागजात संकलन गरी चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

साथै, लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा आवेदन पेस गर्न सक्नेछन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal