Skip to content

आइतबार सुनको मूल्य ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले  घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार ५ सय १५ रुकारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ५ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal