Skip to content

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ३८ अर्बले बढी

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारको ८ महिनाको खर्च ८ खर्ब नाघेको छ ।  चालु आर्थिक वर्ष २०८०र८१ को सरकारी खाताबाट ८ महिनामा ८ खर्ब ६ अर्ब ६४ करोड भुक्तानी भएको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा सरकारले विभिन्न शीर्षकमा ६ खर्ब ६७ अर्ब ८६ करोड रुपैयाँ प्राप्त गरेको छ । सरकारले ८ महिनामा राजस्व शीर्षकमा ६ खर्ब ४३ अर्ब ६ करोड प्राप्ति गरेको छ । यस्तै, अन्य शीर्षकमा २२ अर्ब ४ करोड र अनुदान शीर्षकमा २ अर्ब ७५ लाख मात्रै प्राप्ति भएको छ ।

खर्चतर्फ चालु शीर्षकमा ५ खर्ब ८४ अर्ब ६१ करोड खर्च भएको छ । यस्तै वित्तिय व्यावस्थातर्फ १ खर्ब ३९ अर्ब ३७ करोड खर्च हुदाँ विकास खर्चतर्फ ८२ अर्ब ६५ करोड खर्च भएको छ ।

चालु वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड खर्च गर्नेगरी बजेट निर्माण गरेको छ । यदि लक्ष्यअनुसार खर्च हुनका लागि अब चार महिनामा ९ खर्ब ४६ अर्ब खर्च गर्नुपर्ने हुन्छ । अर्थात् अब प्रत्येक दिन ७ अर्ब ८६ करोड खर्च गर्नुपर्ने हुन्छ ।

अर्धवार्षिक समीक्षाबाट नै अर्थ मन्त्रालयले नै खर्च र राजस्वको लक्ष्य पूरा नहुने स्वीकार गरिसकेको छ ।

राजस्वले साथ नदिँदा सरकारसँग धेरै खर्च गर्ने ठाउँ छैन । यदि लक्ष्यअनुसार राजस्व संकलन गर्ने हो भने  चार महिनामा ७ खर्ब ७९ अर्ब ४४ करोड राजस्व उठ्नुपर्ने हुन्छ । लक्ष्य अनुसारको राजस्व संकलन गर्न सरकारले अब दैनिक साढे ६ अर्ब राजस्व संकलन गर्नुपर्ने हुन्छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal