Skip to content

एडीबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत

मनिला । एसियाली विकास बैंक (एडीबी) ले सोमबार श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन बनाउन १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । 

एडिबीका अनुसार श्रीलङ्काका साना तथा मझौला उद्योगहरूले ४५ प्रतिशत रोजगारी प्रदान गर्छन् र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ५२ प्रतिशत योगदान गर्छन् । ‘त्यसैले एसमई, विशेषरूपमा महिला नेतृत्वको उद्यमहरूलाई अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई कायम राख्न र प्रवर्द्धन गर्नका लागि आवश्यक सहयोग प्रदान गर्नु महत्त्वपूर्ण छ’, एडिबीले विज्ञप्तिमा भनेको छ । 

सहभागी वित्तीय संस्थाहरूमार्फत एडीबीले निर्यात, पर्यटन, प्रविधि, कृषि र उत्पादन क्षेत्रमा कम सेवा भएका एसएमईहरूका लागि पाँच करोड डलर लाइन अफ क्रेडिट खोल्नेछ । यसले महिला नेतृत्वका एसएमईका लागि ग्यारेन्टी अनुदान समेट्न पाँच लाख अमेरिकी डलरको विशेष सुविधा स्थापना गर्ने छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal