Skip to content

भविष्यलाई सुरक्षित गर्न आजैदेखि खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाल्नुपर्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार काठमाडौंको  ग्लोवल मनी विकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै सो अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याइने बताएका छन् । 

गभर्नर अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्याउन जरुरी रहेको बताए । गभर्नर अधिकारीले ग्लोवल मनी विकको अभियान सुरुवाती चरणबाटै सक्रिय रहेको जानकारी गरे ।

उक्त अभियानलाई राष्ट्र बैंकले अझ बिस्तार गर्ने प्रतिबद्धता उनले जनाए । गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना रहेको पनि उल्लेख गरे । अधिकारीले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता, वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए ।

गभर्नर अधिकारीले कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औंल्याए । उनले ग्लोवल मनी वीकलाई नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षको आधारका रुपमा लिएको उल्ल्लेख गरे ।

उनले भने ग्लोवल मनी विकको अभियान हरेक जिल्लामा लैजान्छौं । दुर्गम जिल्लासम्म पनि यो अभियान लैजान्छौ । फाइनान्सिङ इनक्युजनको लागी वित्तीय साक्षरताको मुख्य हड्लस रहेको हामीले महसुस गरेका छौं । विश्व भर नै । वित्तीय जागरण,वित्तीय सचेतना अनिवार्य छ । कुनैपनि प्रोक्डट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तिय चेतना हुन जरुरी छ ।

उनले सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको बताए । उनले पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिएको बताए । उनले बचत भविष्यमा कमाएर मात्रै गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताए । बालबालिकाले खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाए भविष्य सुरक्षित हुने धारणा राखेका थिए ।

अधिकारीले भने सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो । यस वर्षको ग्लोवल मनी वीकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal