Skip to content

जनउत्थान सामुदायिक लघुवित्तले बोलायो चैत ३० गते साधारणसभा

काठमाडौं  ।  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औं वार्षिक साधारण सभा चैत ३० गते सभा होटल न्यू ईरा, बुटवल उपनगरपालिका–९, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजे बोलाएको छ ।  

उक्त कम्पनीले यसपटक  लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

उक्त सभाले संस्थापक सेयरधनीको तर्फबाट ३ र सर्वसाधारण सेयरधनीको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने छ । सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते बुक क्लोज गर्ने भएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal