Skip to content

गगन थापाले भने– आयोग नबनेको भए सुनकाण्ड फासफुस हुने रहेछ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करी प्रकरणमा एमालेले आयोग बनाउन उठाएको प्रश्न सही सावित भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताएका हुन् ।

थापाले भने,  ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरुलाई लुकाएको छ भनेर जोडदारसँग उठायो । प्रहरीको नियमित छानबिनबाट अनुसन्धान सही ठाउँमा पुग्न सक्दैन भनेर । शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही सावित भयो । हामीले भर्खरै समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । एमालेले प्रतिपक्षको ठाउँमा यो कुरा नउठाएको भए आयोग नबन्ने रहेछ आयोग नबनेको भए सुनकाण्ड फासफुस हुने रहेछ ।’

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal