काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य ५ सयले रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँ घटेको छ। आइतबार प्रतितोला १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १५ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्