Skip to content

जिप दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जिप दुर्घटना भएको हो । घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए । 

सडकदेखि करिब २०० मिटर तल  खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जिपबाछ दुई जनाको शव फेला परेको उनले बताए । ‘हिजो राति पोखरेबगरबाट छुटेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भिरमा अड्किएको अवस्थामा फेला परेको हो,’ उनले भने ।  

प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव सङ्कलन, पहिचान र अनुसन्धान थालेको बताए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal