Skip to content

महालक्ष्मी विकास बैंकको दुई दिने कार्यगोष्ठी सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले फागुन २६ देखि २७ गतेसम्म चितवनको सौराहामा ‘नेतृत्वरसामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता’ नामक दुई दिने कार्यगोष्ठीरसेमिनार सम्पन्न गरेको छ ।

सो कार्यगोष्ठीरसेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकारात्मकता बिच आगामी दिनहरूमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरूको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरूको सामूहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो । 

साथै यस आर्थिक वर्ष २०८०र८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । 

उक्त कार्यगोष्ठीरसेमिनारमा कर्मचारीहरूको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्त्वपूर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरू समेत गरिएको थियो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal