Skip to content

पहिलो दिनमै सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार  बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार कारोबार खुला भएलगत्तै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

सर्वोत्तम सिमेन्टको सेयर नेप्सेले दिएको अधिकतम कारोबार रेञ्ज ५ सय ५६ रुपैयाँमा आज खुला भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १ सय ८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५ सय ५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो । त्यसको केहीबेरमै कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ५५ रुपैयाँ ६० पैसाले बढेर ६ सय ११ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal