Skip to content

मंगलबार सुन ७ सयले बढ्यो, कतिमा हुँदैछ खरिद–बिक्री ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal