Skip to content

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह

 

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ।

उक्त कम्पनीले मंगलबार सूचना जारी गर्दै साविकको युनियन लाइफ र गुराँस लाइफको आर्थिक वर्ष २०७७र७८ को मुनाफबाट सेयरधनीलाई वितरण गरेको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको हो ।

बुक क्लोज भएको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले बोनस सेयरमा लागने कर बापतको रकम  केही सेयरधनीले अहिलेसम्म नतिरेकाले कम्पनीले उक्त रकम तिर्न आग्रह गरेको छ ।

सेयरधनीले उक्त रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेष्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गर्न सक्नेछन् । कम्पनीका अनुसार रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिने छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal