Skip to content

बलियो भए पनि चीनको जस्तै आर्थिक विकास गर्न भारतलाई असम्भव

एजेन्सी ।  भारतको अर्थव्यवस्था आगामी केही वर्षसम्म लगातार ६.५ प्रतिशतदेखि ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसका साथै भारतको उत्पादनमुलक क्षेत्रमा आफ्नो मुख्य प्रतिद्वन्द्वी चीनभन्दा अगाडि जान भने निकै समय लाग्ने देखिएको छ । मार्गन स्टेनलीको चिफ एसिया इकोनोमिस्ट चेतन आह्याले ब्लुमवर्गसँगको एक अन्तर्वार्तामा उक्त अनुमान गरेका छन् ।

उनले भनेका छन्, “जुन ढंगले चीनले लङ् ट्रममा आफ्नो आर्थिक वृद्धिदर ८ प्रतिशतदेखि १० प्रतिशत कायम गरिराख्यौ । त्यो भारतका लागि तत्काल सम्भव देखिँदैन ।” तथ्यांकअनुसार सन् १९७८ मा आर्थिक सुधारपछि चीनले तीन दशकसम्म औषत वार्षिक आर्थिक वृद्धिदर १० प्रतिशत कायम राख्न सकेको थियो । 

दक्षजनशक्तिको कमी

आह्याका अनुसार भारतको आर्थिक वृद्धिदर उत्पादनमुलक क्षेत्र तथा दक्ष कामदारको कमीका कारण प्रभावित हुनसक्छ । यद्यपि भारतको बलियो विकास भने जारी नै रहनेछ । तर चीनको जस्तो ८ देखि १० प्रतिशत नभइ ६.५ प्रतिशतदेखि ७ प्रतिशतका बीचमा रहनसक्नेछ ।

भारतको वृद्धिदर सन् २००३ देखि २००७ मा जस्तै हुनेछ । हालै मार्गन स्टेनलीको अर्को एक रिपोर्टमा लगानीमा भएको वृद्धिका कारण भारतीय अर्थतन्त्रको वृद्धिदर सन् २००३ देखि २००७ कोबीचमा भए जस्तै हुनेछ । तत्कालीन समयमा भारतको वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा बढी थियो । 

द भ्यूप्वाइन्ट यन्डिया ह्वाइ दिस फिस लाइक २००३—२००७ मा मार्गन स्टेनलीले भनेका थिए— भारतमा लगानी टु जीडीपी रेसियो अर्थात आर्थिक विकासको तुलनामा लगानी पछिल्लो एक दशकमा कम भइरहेको छ । साथै उनले २०२७ सम्म लगानी टु जीडीपी रेसियो ३६ प्रतिशत हुने अनुमान छ । सन् २००३ देखि २००७ मा लगाानी टु जीडीपी रेसियो २००३ देखि २७ प्रतिशतले बढेर सन् २००८ मा ३९ प्रतिशत भएको थियो । त्यसपछि सन् २०११ देखि २०१२ मा यो घट्न सुरु गरेको थियो । अहिले भारतमा यो ३४ प्रतिशत छ । र, आगामी तीन वर्र्षमा ३६ प्रतिशत हुनसक्ने अनुमान गरिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal