Skip to content

८ महिनामा देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब, निर्यात ३.९९ प्रतिशतले घट्यो

काठमाडौं । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन महिनासम्म आयात घटेसँगै देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ छ । 

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म व्यापार घाटा २.५२ प्रशितले घटेको छ भने  गत वर्षको फागुन मसान्तसम्म देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ थियो । 

उक्त अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ भने एक खर्ब ६१ करोड ७४ रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको तुलनामा आयातसँगै निर्यात पनि घटेको छ ।

गत वर्षको फागुन मसान्तसम्मको तुलनामा आयात २.६६ प्रतिशतले घटेको छ भने निर्यात ३.९९ प्रतिशतले घटेको छ । 

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal