काठमाडौं । नेपाल बिमा प्राधिकरणले जीवन र निर्जीवन बिमा कम्पनीहरूलाई १८ बुँदे निर्देशन दिएको छ । चैत ५ गते सोमबार प्राधिकरणले बिमा कम्पनीहरूलाई एकीकृत निर्देशन दिएको हो ।
बिमा प्राधिकरणले दिएको निर्देशनको ९ औँ बुँदामा कृषि तथा पशुपन्छी बिमामा ५० हजारसम्म र मोटर र सम्पत्ति बिमामा दुई लाखसम्मको दाबी भुक्तानीलाई प्रदेश र शाखा कार्यालयबाट समेत फछ्यौट गर्ने गरी अधिकार दिनुपर्ने उल्लेख छ । यसरी अधिकार दिने बिमा कम्पनीले प्राधिकरणलाई जानकारी दिनुपर्ने पनि जानकारी दिइएको छ ।
बिमा कम्पनीले शाखा तथा उपशाखा कार्यालयमा तोकिएको मापदण्डअनुसार कर्मचारी राख्नुपर्ने पनि उल्लेख गरिएको छ । तत्कालका लागि अर्को व्यवस्था नभएसम्मका लागि प्रदेश कार्यालयमा पाँचजना, शाखा कार्यालयमा चारजना र उपशाखा कार्यालयमा दुईजना कर्मचारीको व्यवस्था गर्नुपर्ने पनि जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्