Skip to content

७६९ करोडको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले छ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ड’ निष्कासन गर्ने भएको छ । नेपाल सरकारको रु ७६९ करोडको ६ वर्षे विकास ऋणपत्र, २०८६ ‘ड’ यही चैत ८ गतेका दिन बोलकबोलमार्फत  बिक्री गरिनेछ । साथै यही चैत ९ गतेका लागि निष्कासन गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसका लागि इच्छुक खरिदकर्ताले अनलाइनबाट बोलकबोल पेश गर्न सक्ने जनाएको छ । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर (बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्ने राष्ट्रको भनाइ छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal