Skip to content

इन्फोसिसका सहसंस्थापक मूर्तिले चार महिनाको नातीलाई दिए तीन अर्ब ८४ करोडको शेयर

एजेन्सी । इन्फोसिसका सहसंस्थापक नारायण मूर्तिले चार महिनाको नाती एकाग्र रोहन मूर्तिलाई २४० करोड भारु अर्थात् तीन अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर उपहारमा दिएपछि सञ्चारमाध्यममा उनको चर्चा चुलिएको छ । मूर्तिले सोमबार नातीलाई इन्फोसिस कम्पनीको १५ लाख कित्ता अर्थात् ०.००४ प्रतिशत शेयर उपहारमा दिएका हुन् । 

उक्त शेयर उपहारमा दिएपछि इन्फोसिसमा नारायण मूर्तिको हिस्सेदारी ०.४० प्रतिशतबाट घटेर ०.३६ प्रतिशतमा सीमित भएको छ । कम्पनीले सोमबार स्टक एक्सचेञ्ज फाइलिङमा बीएसईलाई यसबारेमा जानकारी दिएको छ ।

चार महिनाअघि गत नोभेम्बर १० मा मूर्तिका छोरा रोहन मूर्ति र बुहारी अपर्णा कृष्णन माता पिता बनेका थिए । त्यो बेला नारायण मूर्तिले नातीको नाम एकाग्र राखेका थिए । नारायण मूतिए र सुधा मूर्तिका दुई नातिना पनि छन् । उनीहरुको नाम कृष्णा सुनक र अनुष्का सुनक हो । दुवै बालिका बेलायतीय प्रधानमन्त्री ऋषि सुनक र अक्षता मूर्तिका छोरीहरु हुन् ।

परिवारलाई कम्पनीभन्दा बाहिर राख्नु गलत फैसला

जनवरीमा नारायण मूर्तिले परिवारलाई कम्पनीभन्दा बाहिर राख्ने फैसला गलत भएको बताएका थिए । उनले भनेका थिए, “मलाई कर्पोरेट गभर्नेसको अर्थ परिवार सहभागी नहुनु हो भन्ने लाग्थ्यो, त्यो बेलामा धेरेजसो व्यवसाय परिवारले नै चलाएको अवस्था थियो । जसमा परिवारका बालबालिका आउने र कम्पनी चलाउँथे । यसबाट कम्पनीका नियमन उल्लंघ हुन्थ्यो ।

मेरो छोरा इन्फोसिसमा ज्वाइन हुन कहिल्यै भन्ने छैन 

मूर्तिलाई एक पटक सोधियो, तपाईको छोरा रोहन हवार्ड विश्वविद्यालयको स्कलर हो । यदि उनले इन्फोसिसमा ज्वा

इन हुन्छ भनेमा तपाईंको प्रतिक्रिया के हुन्छ ? तब मूर्तिले रोहक आफूभन्दा बढी सिद्धान्तमा प्रतिबद्ध भएको भन्दै यस्तो आग्रह कहिल्यै नगर्ने विश्वास व्यक्त गरेका थिए । रोहत मूर्ति ४० वर्षका भए । उनले हवार्ड विश्वविद्यालयबाट पीएचडी पूरा गरेका छन् । उनी  एक सफ्टवेयर फर्मका मालिक पनि हुन् । उनको कम्पनीले डाटा प्रोसेसिङको काम गर्छ । 

सन् १९८१ मा भएको थियो इन्फोसिसको स्थापना

नारायण  मूर्तिले भारतको दोस्रो ठूलो टेक फर्म इन्फोसिसको स्थापना सन् १९८१ मा गरेका थिए । उक्त समयदेखि सन् २००२ सम्म उनी कम्पनीमा सीइओ रहे । त्यसपछि सन् २००२ देखि २००६ सम्म बोर्ड अध्यक्षका रुपमा काम गरे । सन् २०११ अगस्टमा चेयरमेन एमेरिट्सको उपाधिसँगै उनी निवृत्त भए । यद्यपि कम्पनीले उनलाई सन् २०१३ मा एक पटक कार्यकारी अध्यक्षका रुपमा राखेको थियो । त्यो समयमा उनका छोरा रोहन मूर्तिले कार्यकारी असिस्टेन्टको भूमिका निर्वाह गरेका थिए । हाल इन्फोसिस विश्वका ४६ वटा देशमा कारोबार फैलाएको छ । सन् १९८३ मा इन्फोसिसका लागि पहिलो कम्युटर खरिद गरेको थियो । मूर्तिलाई आफ्नो मनपर्ने कम्प्युटर खरिद गर्न तीन वर्ष पर्खनु परेको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal