Skip to content

आज दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने ४ अर्ब ३१ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंकमा पुगेको हो ।

आज ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक प्रमोटर सेयरको कारोबार भएको छ । आज बैंकको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ कारोबार भएको छ । 

आज ७० कम्पनीको सेयर मूल्य बढ्दा २१९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal