काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सेयर कारोबार सुरु भइसकेपछि मात्र लाभांशसम्बन्धी सूचना सार्वजनिक गरेपछि नेप्सेले कारबाही गरेको छ ।
बिहीबार नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गर्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पनि मैलुङ खोलालाई निर्देशन दिएको छ । कम्पनीले बुधबार नै सञ्चालक समितिको बैठकबाट २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
सो कम्पनीले लाभांशसम्बन्धी उक्त निर्णय बिहीबार सेयर कारोबार सुरु भइसकेपछि मात्र नेप्सेलाई जानकारी गराएपछि कारबाहीमा परेको हो ।
प्रतिक्रिया दिनुहोस्