Skip to content

नेप्सेद्वारा मैलुङ खोला जलविद्युतको सेयर कारोबार रोक्का

काठमाडौं ।  मैलुङ खोला जलविद्युत कम्पनीले सेयर कारोबार सुरु भइसकेपछि मात्र लाभांशसम्बन्धी सूचना सार्वजनिक गरेपछि नेप्सेले कारबाही गरेको छ । 

बिहीबार नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गर्दै तीन  दिनभित्र स्पष्टीकरण पेस गर्न पनि मैलुङ खोलालाई निर्देशन दिएको छ । कम्पनीले बुधबार नै सञ्चालक समितिको बैठकबाट २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

 सो कम्पनीले लाभांशसम्बन्धी उक्त निर्णय बिहीबार सेयर कारोबार सुरु भइसकेपछि मात्र नेप्सेलाई जानकारी गराएपछि कारबाहीमा परेको हो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal