Skip to content

सीजी ब्रान्डले अन्तरक्रियात्मक डिजिटल बोर्ड सुरु गर्यो

 काठमाडौं । सीजी ब्रान्डले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड (क्ष्म्द्य) अथवा स्मार्ट बोर्ड सुुरु गरेको छ । अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ ।

अन्तरक्रियात्मक डिजिटल बोर्डको क्षेत्र निरन्तर विकसित हुदैछ । नयाँ प्रविधि र आविष्कारहरू सधैं  नै भइरहेको छ । यो एक रोमाञ्चक र गतिशील हुनुका साथै विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरू जस्ता क्षेत्रमा निकै नै लाभदायक हुन्छ । अन्तरक्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहुच योग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागि उपयूक्त वस्तु प्रमाणित हुन सक्छ ।  इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने, प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससंग अन्तरक्रिया गर्न पनि सकिन्छ । 

बोर्डमा द्धप्रिजोल्युसन (ग्ज्म्), वायरलेस स्क्रिन टच, एन्ड्रोइड ज्ञघ ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरू सहित ६५, ७५ र ८६ इन्चमाा उपलब्ध छन्।  यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिङहल र घरमा पनि उपयोगी छ । जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन्। 

रिमोट लर्निङसग मिल्दो, अन्तरक्रियात्मक डिजिटल बोर्डले माइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरु संग सजिलै जोडिन सक्दछ।  यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सकिन्छ । थप विवरणहरू प्राप्त गर्न ग्राहकहरूले सीजी ब्रान्डको आधिकारिक वेबसाइट र यसको आफ्नै इ–कमर्स प्लेटफर्मबाट लिन सकिन्छ ।   

सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिँदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ । 

हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिदै आाएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ । नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिन्छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal