Skip to content

आरम्भ चौतारी लघुवित्तले बोलायो साधारणसभा चैत ३० गते

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ३० गते बनेपा पार्टी भेन्युमा बस्ने गरी साधारणसभा आह्वान गरेको छ । 

सभामा अध्यक्षले प्रस्तुत गर्ने सञ्चालक समितिको आव २०७९र०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल र  वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सभाको प्रस्ताव रहेको छ ।

 सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते एक दिन वित्तीय संस्थाको सेउरधनी दर्ता बुक क्लोज गर्ने भएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal