Skip to content

कुमारी बैंकले संस्थापक ३ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । कुमारी बैंकले  ३ लाख ४ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्टको नाममा रहेको ३ लाख ४ हजार ११८ कित्ता र टीका कुमारी खड्काको नाममा रहेको ६ सय ३ कित्ता गरी कुल ३ लाख ४ हजार ७ सय २१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई दिइएको छ । यो पटकको लिलामीमा अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं १ नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा पुग्ने गरी आवेदन दिन सक्ने छन् ।

संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा सो सेयर संस्थापकभन्दा बाहिर सर्वसाधारण वा संस्थालाई  बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal