Skip to content

बिहीबार सुनको मूल्य २६ सयले बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार प्रतितोला २ हजार ६ सय रुपैयाँले  बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ। 

आज सुन प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार ८सय रुपैयाँ बढी हो। बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार छ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८  सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal